स्कटल्यान्डविरुद्ध नेपाल अलआउट

स्कटल्यान्डविरुद्ध नेपाल अलआउट

केन्द्रबिन्दु
0
Shares

नेपाललाई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डलाई समान्य लक्ष्य प्रस्तुत गरेको छ । 

नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.१ ओभरमा अलआउट हुँदै १३७ रन बनाएको हो । नेपालको मुख्य समस्या खराब ब्याटिङमै रह्यो । 

नेपालका लागि आठौं नंबरमा ब्याटिङमा आएका गुल्सान झाले सर्वाधिक २९ रन जोडे । साथै पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाए । यसअघि नामिबियाविरुद्धको खेलमा उनले करिअरकै उत्कृष्ट प्रदर्शन गरेपनि आजको खेलमा भने जम्न सकेनन् । अर्जुन साउदले १८ रन, आशिफ शेखले १७ रन, आरिफ शेखले १० रन बनाउनुबाहेक कुनै खेलाडी क्रिजमा टिक्न सकेनन् । उत्कृष्ट प्रदर्शन गर्दै आएका कुशल भुर्तेल कट एण्ड बोल्ड हुँदै गोल्डेन डक भएर पेभेलिएन फर्किए । 

बलिङतर्फ स्कटल्यान्डका क्रिस सोलेले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, मार्क वाटले २ विकेट तथा सफ्यान शरिफ र ब्राण्डन एमसीमुलनले समान एकएक विकेट लिए । 

नेपालले शृङ्खलाको पहिलो खेल वर्षाले प्रभावित बनेपछि नामिबियासँग अंक बाँडेका थिए । ७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २१ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ। स्कटल्याण्ड भने २९ खेलमा ४२ अंकका साथ दोस्रो स्थानमा रहेको छ।

Skip This
Skip This
Logo