पोल्यान्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा, एमबाप्पेको २ गोल

पोल्यान्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा, एमबाप्पेको २ गोल

केन्द्रबिन्दु
0
Shares

फ्रान्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको अन्तिम १६ चरणको तेस्रो खेलमा पोल्यान्डमाथि ३-१ को जित निकाल्दै साविकको विजेतासमेत रहेको फ्रान्सले अन्तिम आठको यात्रा तय गरेको हो । 

फ्रान्सको जितमा युवा फरवार्ड किलियन एमबाप्पेले २ गोल गरे भने ओलिभर जिरुडले एक गोल गरे । पोल्यान्डका लागि कप्तान रोपर्ट लेवान्डोस्कीले गरेको एक मात्र गोल सान्तवनामा सिमित बन्यो । 

खेलको पहिलो हाफको एक मिनेट समय बाँकी रहँदा जिरुडले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए । दोस्रो हाफको ७४औं मिनेटमा एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि इन्ञ्युरी समयको पहिलो मिनेटमा नै एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० को अग्रता दिलाए । जारी विश्वकपमा उनको यो पाँचौ गोल हो । उनी गोल्डेन बुटका प्रमुख दाबेदार हुन् । 

त्यसपछि इन्ञ्युरी समयको अन्तिम मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे पनि खेलमा फ्रान्स ३-१ ले विजयी बन्यो । 

अब फ्रान्सले क्वाटरफाइनलमा सेनेगल र इंग्ल्याण्डबीचको विजेताको सामना गर्नुपर्नेछ । सो खेल आजै राति हुँदैछ । 

Logo