दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल क्वाटरफाइनलमा

दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

दक्षिण कोरियालाई हराउँदै ब्राजिल फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको राउण्ड अफ १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो । स्टेडियम ९७४ मा ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो । खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए । उनले राफिन्हाको पासमा उत्कृष्ट गोल गरे। खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई २(० गोलको अग्रता दिलाए ।

दक्षिण कोरियाका वु योङ जोङले रिचार्लिसनलाई आफ्नो पेनाल्टी क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो। जसमा नेयमारले सहजै गोल गरे । २९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दा ब्राजिल ३(० ले अघि रह्यो । खेलको ३६ औं मिनेटमा लुकास पाक्वेटाले भिनिसियसको पासमा गोल गर्दै ब्राजिललाई ४(० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सुएङ होले एक गोल फर्काए । अब ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्नेछ । क्रोएसिया जापानलाई हराएर अन्तिम आठमा प्रवेश गरिसकेको छ । दक्षिण कोरिया भने विश्वकपबाट बाहिरिएको छ  ।

Skip This
Skip This
Logo