नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने

केन्द्रबिन्दु
0
Shares

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको चौथो खेलमा नेपालले स्कटल्यान्डिवरुद्व पहिला ब्याटिङ गर्ने भएको छ । 

युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । आजको खेलमा कुशल भुर्तेललाई बेञ्चमा राख्दै हरि शंकर शाहलाई टोलीमा समेटिएको छ । करण केसी र नन्दन यादव यस खेलमा पनि बेञ्चमा छन् ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो अन्तिम खेल हो । नेपाल यस सिरिजमा जितविहिन छ । नामिवियासँगको पहिलो खेल वर्षाका कारण रद्व हुँदा नेपालले अंक बाँडेको थियो । त्यसपछि दोस्रो खेलमा स्कटल्यान्डसँग र तेस्रो खेलमा नामिवियासँग पराजित हुन पुग्यो ।  

Logo