विश्वकप फुटबलमा आज शनिबार क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन् ।
कतारको अल थुमामा स्टेडियममा हुने पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति पौने ९ बजे सुरु हुनेछ । मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो । स्विट्जरल्याण्डलाई हराउँदै पोर्चुगल क्वार्टर फाइनलमा पुगेको हो ।
अल बायत स्टेडियममा राति पौने १ बजे हुने अन्तिम क्वार्टर फाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई हराएको थियो । इंग्ल्याण्ड सेनेगललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।































प्रतिक्रिया