विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ३२ टिम सहभागी हुने नयाँ क्लब विश्वकपको कार्यक्रम घोषणा गरेको छ ।
पत्रकार सम्मेलनमार्फत फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०२५ मा ३२ टिम सहभागी हुने नयाँ क्लब विश्वकपको कार्यक्रमको औपचारिक घोषणा गरेका हुन् । उनले भनेका छन्- ‘यो हरेक चार वर्षमा विश्वका उत्कृष्ट ३२ टिमका क्लब सहभागी क्लब विश्वकप हुनेछ । यसको पहिलो संस्करण सन् २०२५ मा हुनेछ ।’
यसअघि फिफाले सात महादेशका उत्कृष्ट ७ टिमलाई सहभागी बनाएर क्लब विश्वकपको आयोजना गर्दै आएको थियो । अन्तिम पटक सन् २०२१ मा भएको फिफा क्लब विश्वकपको उपाधि इंग्लिस क्लब चेल्सीले उचालेको थियो ।





























प्रतिक्रिया