विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार बेलुकी ८स्४५ बजे सुरु हुनेछ । पहिलो सेमिफाइनल खेलमा क्रोएसिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो । दोस्रो सेमिफाइनल खेलमा मोरक्को फ्रान्ससँग २–० ले पराजित भएको थियो ।
मोरक्को र क्रोएसियाले समूह चरणमा पनि प्रतिस्पर्धा गरेका थिए । तर खेल गोलरहित बराबरीमा सकिएको थियो । फाइनल खेल भने अर्जेन्टिना र फ्रान्सबीच आइतबार हुनेछ ।





























प्रतिक्रिया