मेस्सीलाईपछि पार्दै केलियन एमबाप्पेले जिते गोल्डेन बुट

मेस्सीलाईपछि पार्दै केलियन एमबाप्पेले जिते गोल्डेन बुट

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपविजेता फ्रान्सका फरवार्ड किलीयन एमबाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका हुन् । 

फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रहयो । यससँगै एमबाप्पेको गोलसंख्या १२ गोल पुगेको छ ।

सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लिओनेल मेस्सी रहे । उनले ७ खेलमा ७ गोल गरे । मेस्सीले ३ असिस्ट पनि दिएका थिए ।

Skip This
Skip This
Logo