एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल सर्वसम्मत

एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल सर्वसम्मत


एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । सोमबार पार्टी कार्यालय शान्तिनगरमा बसेको दलको बैठकमा नेपाल सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला चयन भएका छन् । हालै सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेको थियो । तर, समानुपातिकमा भने थ्रेस होल्ड कटाउन सकेन । 

Logo