खुसी छैनन् कोन्टे

खुसी छैनन् कोन्टे

केन्द्रबिन्दु
0
Shares

कतार विश्वकप २०२२ सम्पन्न भएको आठ दिनपछि नै आजबाट इंग्लिस प्रिमियर लिग सुरु हुँदैछ ।

बक्सिङ डे मा आयोजना हुने प्रिमियर लिगको पहिलो खेलमा टोटनहमले ब्रेन्टफोर्डको सामना गर्दैछ । तर, टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टे भने खुसी छैनन् । उनले भनेका छन्,‘ साच्चै म खुसी छैन ।,’ टोटनहमका १२ खेलाडीले कतार विश्वकप खेलेका थिए । अर्जेन्टिनाका रक्षक क्रिस्टियन रोमेरो र फ्रान्सका ह्युगो लोरिसले आइतबार फाइनल खेले । ‘यति चाडो खेल्नु निकै गाह्रो हुनेछ । विश्वकपपछि मात्र एक हप्ता बिदा हुनुहुँदैन थियो,’ कोन्टेले थपे । 

निलम्बरका कारण रोड्रिगो बेन्टचर उपलब्ध हुने छैनन् भने ह्यामस्ट्रिङका कारण ब्राजिल स्ट्राइकर रिचार्लिसन समेत टोटनहमसँग हुने छैनन् । लुकास मौरा भने सम्भवत खेल्नेछन् । तर, पक्का छैन । १५ खेल खेलेको टोटनहम २९ अंक सहित चौथो स्थानमा छ । आठ अंक बढि रहेको आर्सनल शीर्षस्थानमा छ । 
 

Logo