शिर्ष स्थानकाे आर्सनलसँग वेस्ट ह्याम परािजत

शिर्ष स्थानकाे आर्सनलसँग वेस्ट ह्याम परािजत

केन्द्रबिन्दु
0
Shares

इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलसँग वेस्ट ह्याम पराजित भएको छ।

आज बिहान भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ३–१ गोलले हराएको हो। जितसँगै आर्सनलले अङ्कतालिकामा ७ अङ्कको अग्रता बनाएको छ। १५ खेल खेलेको आर्सनलको ४० अङ्क छ । पराजित वेस्ट ह्याम १६ खेलमा १४ अङ्क जोड्दै १६औँ स्थानमा छ। 

यस्तै, प्रिमियर लिगमा गएराति भएका खेलमा लिभरपुलले एस्टन भिल्लालाई र ब्राइटनले साउथह्याम्पटनलाई समान ३–१ गोलले हराएको छ । उल्भ्सले एभर्टनलाई २–१ गोलले, फुलह्यामले क्रिस्टल प्यालेसलाई र न्युक्यासलले लेस्टर सिटीलाई समान ३–० गोलले हराएको छ । हिजो भएको पहिलो खेलमा टोटनह्याम र ब्रेन्टफोर्डले २–२ गोलको बराबरी खेलेका छन् । 

Skip This
Skip This
Logo