नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा मंगलबार पनि दुई खेल हुँदैछ।
पहिलो खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टारबीच हुनेछ। दुई खेल जितेको लुम्बिनी लगातार तेस्रो जित निकाल्ने योजनामा छ। २ खेलमा ४ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा छ। समान दुई खेल खेलेर अंकविहीन पोखरा पहिलो जितको खोजीमा छ। पोखरा तालिकाको पुछारमा छ।
यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ सुरु हुने दोस्रो खेलमा काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। लगातार दुई खेल जितेको जनकपुर तेस्रो जित निकाल्न चाहन्छ । जनकपुर दुई खेलमा ४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ। विराटनगर भने पहिलो जितको खोजीमा रहेको छ। समान दुई खेल खेलेको विराटनगर अंकविहीन रहेर तालिकाको पाँचौँ स्थानमा छ। प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ।





























प्रतिक्रिया