पीएम कपः सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक

पीएम कपः सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक भएको छ।

सार्वजनिक खेलतालिकाअनुसार छनोट प्रतियोगिता पुस १८ गतेदेखि कैलालीको फाप्ला मैदानमा शुरु हुने भएको हो। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।  समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी र अछाम छन्। यस्तै समूह ‘बी’ मा कैलाली, बझाङ र डडेलधुरा छन्।   

पुस १८ गते हुने पहिलो खेलमा कञ्चनपुर र बैतडी भिड्दा दोस्रो खेलमा डोटी र अछामबीच भिडन्त हुनेछ।  पुस १९ गते बैतडी र अछाम  प्रतिस्पर्धा गर्दा अर्को खेलमा कञ्चनपुर र डोटी भिड्नेछन्। पुस २० गते पहिलो खेलमा बैतडी र डोटी आमनेसामने हुँदा दोस्रोमा कैलाली र डडेल्धुराबीच खेल हुनेछ। पुस २१ गते कञ्चनपुर र अछाम मैदानमा उत्रदा अर्को खेलमा बझाङ र डडेल्धुराबिच प्रतिस्प्रर्धा हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।  पुस २२ गते कैलाली र बझाङ आमनेसामने हुनेछन्। 

सहभागीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच पुस २३ गते फाइनल खेल हुने जनाइएको  छ। प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ। उक्त टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता  पुस २९ गतेदेखि इटहरीमा हुँदैछ ।  

Logo