नेपाल टी– २० लिगः लुम्बिनी लगातार चौथो जितको योजनामा

नेपाल टी– २० लिगः लुम्बिनी लगातार चौथो जितको योजनामा

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौँमा जारी नेपाल टी– २० लिगमा आज पनि दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेड भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेपछि सुरु हुनेछ । लुम्बिनी आज लगातार चौथो जितको योजनामा छ भने फार वेस्ट दोस्रो जितको खोजीमा छ । यी दुईबीच यस अघि भएको खेलमा लुम्बिनीले ६७ रनको सहज जित हात पारेको थियो ।​ अपराजित लुम्बिनीले दोस्रो खेलमा विराटनगर सुपर किंग्सलाई तीन रनले हराउँदा तेस्रो खेलमा पोखरा एभेन्जर्समाथि तीन विकेटको जित हात पारेको थियो । फार वेस्टले यस अघि काठमाडौं नाइट्सलाई चार विकेटले हराएको थियो।

यस्तै आजै हुने दास्रो खेलमा विराटनगर र पोखरा आमनेसामने हुनेछन्। यो खेल नेपाली समयअनुसार दिउँसो एक बजेपछि सुरु हुनेछ। दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्। 

Logo