इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाईटेडलाई हराएको छ ।
बुधबार राति भएको खेलमा सिटीले लिड्सलाई ३–१ गोल अन्तरले हराएको हो । सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । रोड्रीले एक गोल थपे । लिड्सका पास्कल स्ट्रुज्कले एक गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५१ औं मिनेटमा हालाण्डले गोल गर्दै टिमको अग्रता २–० को बनाए । खेलको ६४ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए । यस गोलसँगै हालाण्डले प्रिमियर लिगमा आफ्नो २० औं गोल पूरा गरे ।
हालाण्डले प्रिमियर लिगमा सर्वाधिक छिटो २० गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । उनले १४ खेलमा २० गोल पूरा गरेका हुन् । त्यसपछि खेलको ७३ औं मिनेटमा लिड्सका पास्कलले गोल गरेपनि सिटी ३–१ ले विजयी भयो । यस जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले १५ खेलमा ३५ अंक जोडेको छ । लिड्स १५ खेलमा १५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।





























प्रतिक्रिया