भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परेका छन् । उत्तराखण्डबाट दिल्ली जानेक्रममा पन्तको शुक्रबार बिहान देहराधुनमा कार दुर्घटना भएको हो ।
डिभाइडरमा ठोक्किए लगत्तै पन्त सवार मर्सिडिज कारमा आगलागी भएर पूर्ण रुपमा क्षति भएको थियो । सो दुर्घटनामा पन्तको टाउ, खुट्टा र पछाडि ढाडमा चोट लागेको छ । तर पन्त खतराबाट भने मुक्त रहेको भारती सञ्चारमाध्यमले जनाएका छन् ।
पन्तलाई सुरुमा हरिद्वारको रुड्कीस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अहिले उनलाई देहरादुनको म्याक्स अस्पताल सारिएको बताइएको छ । कार पन्त आफैले चलाएकाे पाइएकाे छ ।
यसै साता बंगलादेशसँगको दुई टेस्ट खेलको सिरिजमा सानदार प्रदर्शन गरेका पन्त आगामी जनवरी ३ देखि सुरु हुने श्रीलंकासँगको ट्वान्टी-२० र एकदिवसीय सिरिजका लागि भने टोलीमा अटाएका थिएनन् ।





























प्रतिक्रिया