पेलेको निधनले शाेकमा डुब्याे विश्व खेलजगत, कसले के भने ?

पेलेको निधनले शाेकमा डुब्याे विश्व खेलजगत, कसले के भने ?

केन्द्रबिन्दु
0
Shares

विश्वकै सुन्दर खेल फुटबलमा लामो समय काम गरेर नाम कमाउन सफल ब्राजिलका खेलाडी पेले अर्थात् एड्सन आरान्तेस दो नासिमेन्तोको निधनले विश्व खेलजगत् स्तब्ध भएको छ । उनको निधनप्रति ब्राजिलले ३ दिन शोक बनाउने घोषणा गरेको छ । विश्वभरबाट उनका समर्थकहरूले शोक व्यक्त गरेका छन् । पेलेको निधनपछि कसले के भने ? 

फुटबलका लिजेन्ड खेलाडी पेलेको निधनमा ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुला दा सिल्भा ले भनेका छन्- “मलाई त्यो सु–अवसर थियो, जुन ब्राजिलका युवासँग थिएन । मैले पेलेलाई पाकाइम्बु र मोरुम्बी रंगशालामा खेलेको प्रत्यक्ष देखेको छु । उनले भनेका छन उनको प्रदर्शन हेरेको छु । जब उनको खुट्टामा बल पथ्र्यो, सधैँ केही विशेष भइहाल्थ्यो । त्यो प्रायः गोलमा परिणत हुन्थ्यो ।’’ 

ब्राजिलका पूर्वराष्ट्रपति डिल्मा रुसेफले पनि पेलेप्रति श्रद्धा व्यक्त गर्दै भनेका छन्- “तपाईंले ब्राजिल र विश्वका जनतालाई दिनुभएको आनन्ददायी क्षणका लागि धन्यवाद । यति माया सायदै अरू कसैले पाएका छन् ।”

यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले “पेलेको विनम्र सुरुआतबाट फुटबल लिजेन्डसम्मको यात्रा । ‘के सम्भव छ’ भन्ने कथा हो ।’’ भनेका छन् । 

ब्राजिलका फरवार्ड नेयमारले भनेका छन्- “पेलेभन्दा अघि १० मात्र एक नम्बर थियो । मैले यो वाक्य कहीँ पढेको थिएँ । यो राम्रो छ तर अपूर्ण छ । म भन्न चाहन्छु कि पेलेभन्दा अघि फुटबल एक सुस्त खेल थियो । नेयमारले भनेका छन्— पेलेले सबै परिवर्तन गरिदिए । उनले फुटबललाई कला र मनोरञ्जनमा ढालिलिए ।”

यस्तै, ब्राजिलियन रोनाल्डोले “विश्व शोकमा छ । बिदाइको दुःखद इतिहासको ठूलो गौरवसँग मिसिएको छ ।” भन्दै दु:ख व्यक्त गरेका छन् । 

पोर्चुगिज क्रिस्टियानो रोनाल्डोले भनेका छन्- “पेले लाखौँ मानिसका प्रेरणा हुन् । उनको उदाहरण हिजो पनि दिइन्थ्यो, आज पनि दिइन्छ र सधैँ दिइनेछ । उनलाई कहिल्यै पनि बिर्सन सकिँदैन । उनलाई कहिल्यै भुल्ने छैन । उनको याद हामी फुटबलप्रेमीसँग रहनेछ । रेस्ट इन पिस, किङ पेले ।”

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भनेका छन्- “उनले गोलको खुसी मनाउँदा हावामा मुक्का प्रहार गर्ने दृश्य हाम्रो खेलकुदको सबैभन्दा प्रतिष्ठित हो । र, यो हाम्रो इतिहासमा सधैँ रहिरहनेछ । वास्तवमा, त्यति बेला टेलिभिजनको युग हुन्थ्यो भने उनको फुटबल कला अझै राम्रोसँग हेर्न पाउथ्यौँ । अहिले हामी उनको क्षमताको सानो झलक मात्र देख्न सक्छौँ ।’’

यस्तै, ब्राजिलियन फुटबल संघले भनेकाे छ- ‘‘तीनपटक विश्वकप जित्ने एक मात्र खेलाडी पेले फुटबलको राजा हुन् भनेको छ । ट्रेस कोराकोसमा जन्मेका एक कालो र गरिब केटो पेलेले हामीलाई देखायो कि त्यहाँ सधैँ नयाँ बाटो हुन्छ । राजाले हामीलाई नयाँ ब्राजिल दिए । हामी उहाँको विरासतको लागि मात्र धन्यवाद दिन सक्छौँ ।”

पेलेको अन्तिम फुटबल क्लब न्युयोर्क कसमसले भनेको छ- “पेलेले घरेलु फुटबलको परिदृश्य परिवर्तन गर्न मद्दत गरे । जहाँ एकपटक बेसबलका हीराहरू थिए, त्यहाँ फुटबलका मैदानहरू पनि भए ।” 

आठ ओलम्पिक स्वर्ण जित्न सफल जमैकाका धावक युसेन बोल्टले लेखेका छन्- “महान् खेलाडी पेलेको आत्माले शान्ति पाओस् ।’’

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले पेलेका निधनमा भनेका छन्- “खेलकुदका महान् आइकन । उनी ओलम्पिकको मान्यताहरूलाई साँचो रूपमा विश्वास गर्थे । उनलाई ओलम्पिक अर्डर प्रस्तुत गर्न पाउनु सौभाग्यको कुरा थियो ।”

पेलेको आधिकारिक ट्विटर एकाउन्टबाट लेखिएको छ, “पेले केवल सर्वकालीक महान् खेलाडी मात्र थिएनन् । उनी त्योभन्दा बढी थिए । पेले कठिन समयमा कहिल्यै आत्तिएनन् । उनले आफ्नो पितासँग विश्व कप जित्ने वाचा गरेका थिए र उनले तीन पटक विश्व कप जिताए । उनले हामीलाई नयाँ ब्राजिल दिए र हामी उनको विरासतका लागि आभारी छौँ । धन्यवाद पेले ।”

अर्जेन्टिनाका लियोनल मेसीले भनेका छन्यही महिना विश्व कप जित्ने अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले पेलेसँग आफ्नो तस्बिर शेयर गर्दै लेखेका छन्, “रेस्ट इन पिस, पेले ।”

फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पेले पेलेसँगको तस्बिर शेयर गर्दै लेखेका छन्- “फुटबलका बादशाह हामीलाई छोडेर गए तर उनको विरासतलाई कहिल्यै भुल्न सकिँदैन । रिप किङ” 

त्यस्तै, अन्तर्राष्ट्रिय खेलाडीले मात्र नभएर नेपालका खेलाडीहरु भीम घर्ती मगर, अनन्त तामाङ र अनिल गुरुङ जस्ता खेलाडीहरुले पनि पेलेको तस्बिर शेयर गर्दै श्रद्धाञ्जली दिएका छन् ।

Logo