इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा लिभरपुल पराजित भएको छ ।
शीर्ष चारको होडमा रहेको लेभरपुल ब्रेन्टफोर्डसँग ३–१ गोल अन्तरले पराजित भएको हो । यो हारसँगै लिभरपुलले शीर्ष चारमा पुग्ने अवसर गुमाएको छ । १९ औं मिनेटमा लिभरपुलका इब्राहिम कोन्टेले आफ्नै पोस्टमा गोल गरेपछि ब्रेन्टफोर्डले अग्रता लिएका थिए । योयन वेसले गोल गर्दै ४२ औं मिनेटमा ब्रेन्टफोर्डको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा १ गोल थप्दा १ गोल व्यहोरेको थियो । एलेक्स चाम्बरलिङले ५० औं मिनेटमा गोल गर्दै लिभरपुललाई २–१ को अवस्थामा ल्याएका थिए । तर ब्रेन्टर्फडका ब्रायन एमबामोले ८४ औं मिनेटमा अर्को एक गोल थपेपछि लिभरपुल ३–१ ले पराजित भयो ।
यो नतिजासँगै १७ खेलबाट २८ अंक बटुलेको लिभरपुल तालिकाको छैटौं स्थानमा पुगेको छ । जित निकालेको ब्रेन्टफोर्ड २६ अंकका साथ सातौं स्थानमा छ । १६ खेलबाट ४३ अंकसहित आर्सनल पहिलो स्थानमा छ । ३६ अंकसहित म्यानचेष्टर सिटी दोस्रो, ३४ अंकसहित न्यूक्यासल तेस्रो, ३२ अंकसहित म्यानचेष्टर युनाइटेड चौथो र ३० अंकसहित टोटनहम पाँचौं स्थानमा छन् ।





























प्रतिक्रिया