पेलेको आज अन्त्येष्टि गरिंदै, श्रद्धाञ्जलिका लागि हजारौंको भिड

पेलेको आज अन्त्येष्टि गरिंदै, श्रद्धाञ्जलिका लागि हजारौंको भिड

केन्द्रबिन्दु
0
Shares

विश्वप्रख्यात महान फुटबलर पेलेको आज अन्तिम संस्कार गरिंदै छ ।

अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ ।वास्तविक नाम एडसन अरान्ते दो नासिमेन्तो भए पनि विश्वभर पेलेका नामले सुपरिचित उनले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए ।

उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । सो अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई सान्तोस क्लबको रंगशालामा लगिएको थियो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न हजारौंको लाइन लागेको छ । उनका प्रशंसकहरु दुई घण्टा भन्दा बढी समयसम्म लाइनमा बसेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । श्रद्धाञ्जलि सभा २४ घन्टासम्म चल्ने र त्यसपछि पेलेको अन्तिम संस्कार गरिने जनाइएको छ । अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाको पनि सहभागिता रहने समाचार एजेन्सीहरुले बताएका छन् ।

यसैबिच, फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पनि पेलेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जली अर्पणपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले फिफाले पेलेलाई उच्च सम्मान गर्ने बताए । साथै उनले फिफाका सदस्य राष्ट्रहरुलाई कम्तिमा एउटा रंगशालाको नाम पेलेको नामबाट राख्न पनि आग्रह गरेका छन् । 

 

Logo