चादविक वाल्टनको अर्धशतकका बावजुद पनि जनकपुर रोयल्स लुम्बिनी अलस्टार्ससँग ५ रनले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी-२० अन्तर्गत लुम्बिनीले दिएको १७९ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रनमा सीमित भयो । जनकपुरका चादविक वाल्टनले उत्कृष्ट इनिङ खेले । उनी ३६ बलमा ३ चौका र ४ छक्कासहित ५९ रनमा अविजित रहे ।
ओपनर ट्रेभोन ग्रिफित र शरार्फुदिन असरर्फले समान २६-२६ रनको योगदान गरे । सन्दीप जोरा २१ बलमा १ चौका र २ छक्कासहित १८ रनमा पभेलियन फर्किएका थिए । सामिउल्ला सिनवारी १३ बलमा २ चौकासहित १८ रनमा आउट भए । लुम्बिनीका ह्यारी टेक्टरले दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७८ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका ओपनर हर्मित सिंहले सर्वाधिक ७३ रनको इनिङ खेले । उनले ४७ बलमा ५ चौका र ६ छक्का प्रहार गरेर आउट भएका थिए । लाहिरु मिलान्था ३२ बलमा दुई चौका र दुई छक्कासहित ३३ रन बनाएर पभेलियन फर्किएका थिए । कुशल भुर्तेल १७ रनमा आउट हुँदा कप्तान दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ह्यारी टेक्टर १८ रनमा अविजित रहे ।





























प्रतिक्रिया