म्यान्चेस्टर युनाइटेड चौथो स्थानमा उक्लियो

म्यान्चेस्टर युनाइटेड चौथो स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

ओल्ड ट्राफोर्ड स्टेडियममा गएराति सम्पन्न खेलमा युनाइटेडले ३–० गोलको सहज जित निकालेको हो।युनाइटेडलाई जित दिलाउन २३ औं मिनेटमा कासेमिरो, ४९ औं मिनेटमा लुक श र ८६ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गरे । जितसँगै १७ खेलबाट ३५ अंक जोडेको युनाइटेड तालिकाको चौथो स्थानमा उक्लिएको छ। समान ३५ अंक जोडेको न्युक्यासल तेस्रो स्थानमा रहँदा ४४ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ। दोस्रो स्थानमा ३६ अंक जोडेको म्यानचेस्टर सिटी छ।

मंगलबारका अन्य खेलमा ब्राइटनले एभरटनलाई उसकै घरमा ४–१ ले पराजित गर्‍यो । यस्तै फुलहम लेस्टर सिटीमाथि १–० ले विजयी रह्यो । एभरटन १५ अंकसहित १६ औं स्थानमा छ भने लेस्टर पनि १७ अंकका साथ १३ औं स्थानमा रहेको छ ।

Logo