नटिङ्घम फरेस्टसँग साउथह्याम्पटन पराजित

नटिङ्घम फरेस्टसँग साउथह्याम्पटन पराजित

केन्द्रबिन्दु
0
Shares

इङ्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले साउथह्याम्पटनलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा नटिङ्घम फरेस्टले साउथह्याम्पटनलाई १–० गोलले हराएको हो । नटिङ्घमका लागि ताइवो अवोनीले खेलको २७औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै नटिङ्घम फरेस्ट १८ खेलमा १७ अंकका साथ तालिकाको १५औँ स्थानमा रहेको छ ।
पराजित साउथह्याम्पटन १८ खेलमा १२ अंकका साथ पुछारमा छ । त्यस्तै गएराति भएका प्रिमियर लिगका अन्य खेलमा एस्टन भिल्ला र उल्भ्स्ले एक–एक गोल तथा लिड्स युनाइटेड र वेस्ट ह्यामले दुई–दुई गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Logo