नेपाल टी–२० क्रिकेट लिगमा आज पनि दुई वटा खेल हुँदैछन् ।
आज हुने पहिलो खेलमा जनकपुर रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन् । यी दुई टोलीबिचको खेल ९ बजे सुरु हुने छ । जनकपुर आठ खेलमा १० अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा ६ अङ्कसहित पोखरा चौथो स्थानमा छ । आजको दोस्रो खेलमा काठमाण्डौ नाइट्स र फार वेस्ट युनाइटेड दिउँसो १ बजे खेल्दैछन् । आठ खेलमा ८ अङ्ककासाथ काठमाण्डौ तालिकाको तेस्रो स्थानमा र सात खेलमा २ अङ्कका साथ फार वेस्ट तालिकाको पुछारमा छ । नेपाल टी–२० लिगमा ६ टोली सहभागी छन् । यी खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् ।































प्रतिक्रिया