इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ ।
उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले लन्डन क्लब चेल्सीलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । सिटीको जितमा दोस्रो हाफमा रियाद महारेजले गरेको गोल नै निर्णायक बन्यो । स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको खेलमा महारेजले ६३औं मिनेटमा गोल गर्न सफल भएका थिए । उनले ज्याक ग्रेलिसको पासमा गोल गर्न सफल भएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि थप गोल निस्कन नसक्दा महारेजको गोल नै सिटीको जितमा पर्याप्त बन्यो ।
यो सिजन खराव लयमा रहेको चेल्सीको यो छैटौं हार हो । चेल्सीले १७ खेल खेल्दा ७ जित, ४ बराबरी र ६ हारको नतिजा निकालेको छ । जितसँगै दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ५ मा घटाएको छ । सिटीको १७ खेलबाट ३९ अंक तथा शीर्षस्थानको आर्सनलको समान खेलबाटै ४४ अंक छ । सिटीसँगको हारसँगै चेल्सीको शीर्ष चारमा सम्भावना थप कमजोर बनेको छ । चेल्सी १७ खेलबाट २५ अंक जोडेर १०औं स्थानमा रहेको छ । चेल्सी शीर्ष चारको म्यानचेस्टर युनाइटेडसँग १० अंकले पछि रहेकाे छ ।





























प्रतिक्रिया