युडिनेसलाई पराजित गर्दै युभेन्ट्स दोस्रो स्थानमा उक्लियो

युडिनेसलाई पराजित गर्दै युभेन्ट्स दोस्रो स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ‘ए’ फुटबलमा उत्कृष्ट लय कायम राख्दै युभेन्टस दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति युडिनेसलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो । खेलको ८६औं मिनेटमा डानिलोले विजयीगोल गरेका थिए । जितसँगै युभेन्ट्स १७ खेलबाट ३७ अंक सहित दोस्रो स्थानमा उक्लिएको हो । यसैगरी, इन्टर मिलान लगातार चौथो जित निकाल्न असफल भएको छ । पछिल्लो खेलमा शीर्ष स्थानको नेपोलीलाई १–० ले निराश पारेको इन्टर शनिबार भने मोन्जासँग २–२ को बराबरीमा रोकियो । इन्टर १७ खेलमा ३४ अंकसहित चौथो स्थानमा छ । शीर्ष स्थानको नेपोलीको १६ खेलमा ४१ अंक छ । तेस्रो स्थानको एसी मिलानको १६ खेलमा ३६ अंक छ । 

Logo