आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडलाई १–० गोल अन्तरले हराउँदै बार्सिलोना विजयी भएको हो ।
जीतसँगै बार्सिलोनाले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले १६ खेलबाट ४१ अंक बनाउँदा दोस्रो स्थानमा रहेको रियल मड्रिड समान खेलबाट ३८ अंकका साथ दोस्रो स्थानमा रहेको छ । पराजित भएको एथ्लेटिको मड्रिड भने २७ अंकका साथ पाँचौं स्थानमा रहेको छ। बार्सिलोनाले अहिले लगातार ७ खेलमा अपराजित रहेको छ। आइतबार राति बर्सिलोनलाई जिताउँदा उस्मान डेम्बेलेले गरेको १ मात्र गोल नै निर्णायक बन्न पुग्यो । गाभीको पासमा खेलको २२ औँ मिनेटमा गोल गर्दै डेम्बेलेले बार्सालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनको प्रहार पोस्टमा लागेको थियो । इन्जुरी समयमा एथ्लेटिकोले खेल बराबरी गर्ने अवसर पाए पनि एन्टोनी ग्रिजमानको प्रहार रोनाल्ड आराउजोले गोललाइनबाट बचाएका थिए ।
खेलको अन्त्यमा स्टेफन साभिच र फेरान टोरेसले रातोकार्ड पाएपछि दुवै टोली १०–१० खेलाडीमा सीमित भएको थियो । जीतसँगै बार्सिलोनाले १६ खेलबाट ४१ अंक बटुलेको छ । शनिबार पराजित भएको रियले ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ । एथ्लेटिको भने २७ अंकसहित पाँचौँ स्थानमा खस्किएको छ । आइतबार नै भएका अन्य खेलमा सेभियाले गेटाफेलाई २–१ गोलअन्तरले हरायो भने रियल बेटिसले रायो भायोकानोलाई समान अन्तरले पराजित गर्यो ।





























प्रतिक्रिया