पोर्चुगलको प्रशिक्षकमा मार्टिनेज नियुक्त

पोर्चुगलको प्रशिक्षकमा मार्टिनेज नियुक्त

केन्द्रबिन्दु
0
Shares

पोर्चुगलको मुख्य प्रशिक्षकमा रोबर्टो मार्टिनेज नियुक्त भएका छन् ।

स्पेनिस प्रशिक्षक मार्टिनेजले पोर्चुगलसँग साढे तीन वर्षको सम्झौता गरेका हुन् । पोर्चुगिज फुटबल संघले मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गर्दै मार्टिनेजलाई जिम्मेवारी दिएको हो । कतार विश्वकप २०२२ को क्वार्टरफाइनलबाट बाहिरिएपछि सान्तोस बर्खास्तमा परेका हुन् । ४९ वर्षीय प्रशिक्षक मार्टिनेजले विश्वकपमा बेल्जियम समूह चरणबाट बाहिरिएपछि राजीनामा दिएका थिए  ।प्रशिक्षक मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोको लागि राष्ट्रिय टोलीको ढोका सधै खुल्ला रहेको बताएका छन् । 

Logo