इन्टर क्वार्टरफाइनलमा प्रवेश

इन्टर क्वार्टरफाइनलमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

इन्टर मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति सिरी ‘बी’ क्लब पर्मालाई अतिरिक्त समयमा २–१ ले हराउँदै इन्टरले अन्तिम आठको यात्रा तय गरेको हो । खेलको ३८ औं मिनेटमा स्टान्को जुरिचले गोल गर्दै पर्मालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८८ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई १–१ गोलको बराबरीमा ल्याए ।

निर्धारित ९० मिनेट १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको ११० औं मिनेटमा फ्रान्सिस्को एसरबीले गोल गर्दै इन्टरलाई २१ को जित दिलाए ।

Logo