कराते टोली बंगलादेश प्रस्थान

कराते टोली बंगलादेश प्रस्थान

केन्द्रबिन्दु
0
Shares

यही जनवरी १३ देखि शुरु हुन गईरहेको चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२३ मा सहभागी हुन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ । 

उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी (ईश्वर) ले गर्ने छन् भने टिम ब्यवस्थापकमा नेपाल सितोरियो कराते संघका कार्यलय प्रमुख राजेन्द्र कुमार क्षेत्री, टिम कोचमा रामकुमार थारु, रेफ्रीमा साईला गमाल र अफिसियलमा पुष्पराज गिरी रहेका छन् ।

खेलाडीहरुमा राजनकुमार पाईजा, लक्ष्मण पुन, बिजल पाईजा, गणेश पाईजा, सिताराम लामा, अमृत लामा, तेजिन्द्र पाईजा, मन्दिप खड्का, देवकुमार तामाङ, किशुन शाह, रामदास गोपाली, समित महर्जन, प्रेमप्रसाद नेपाल, पहलमान महर्जन, शम्भु नेपाली, पशुपति बुढा, बिनुमाया तामाङ र हेमा खड्काले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

टोलीलाई नेपाल कराते महासंघका कार्यवाहक दावा गुरुङले एक कार्यक्रमबीच बिदाई गरे । टोली आगामी सोमबार स्वदेश फर्कनेछ ।

Skip This
Skip This
Logo