कोपा इटालियाबाट एसी मिलान बाहिरिएको छ ।
बुधबार राति भएको खेलमा टोरिनोसँग १–० गोल अन्तरले पराजित हुँदै एसी मिलान प्रतियोगिताबाट बाहिरिएको हो । विजयी भएको टोरिनोले क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय बराबरीमा सकिएछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समय सकिन ३ मिनेट बाँकी रहँदा टोरिनोका मिचेल एडेपोले गोल गर्दै टोरिनोलाई जित दिलाए । टोरिनो ७० औं मिनेट १० खेलाडीमा झरेको थियो । कोफी डिजिजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेपछि टोरिन १० खेलाडीमा झरेको थियो ।































प्रतिक्रिया