श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला घरेलु टोली भारतले एक खेल अगावै जितेको छ ।
३ खेलको सिरिजमा भारतले लगातार दोस्रो जित निकाल्दै १ खेल बाँकी हुँदा नै सिरिज आफ्नो पोल्टामा पार्न सफल भएको हो । बिहिबार कोलकाताको इडेन गार्डेनमा भएको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भयो । जितका लागि २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले ४३ ओभर २ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । भारतका लोकेश राहुलले अविजित ६४ रन बनाए । श्रीलङ्काका लागि कुमारा र चामिका करुणारत्नेले दुईरदुई विकेट लिए । कसुन रजिथा र धनञ्जय डि सिल्भाले एकरएक विकेट लिए ।
त्यसअघि इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्का ३९ ओभर ४ बलमा २ सय १५ रनमा अलआउट भयो । डेब्यु खेलमा नुवानिदु फ्रेनान्डोले सर्वाधिक ५० रन बनाए । भारतका कुलदीप यादव र मोहम्मद शिराजले समान तीन विकेट लिए । उमरान मलिकले दुई र अक्षर पटेलले एक विकेट लिए । भारत पहिलो खेलमा ६७ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतवार हुनेछ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको थियो ।
यससँगै भारतीय टिमले आफ्नो ‘मिशन २०२३’ भव्य रुपमा सुरु गरेको छ । भारतले यसै वर्षको अन्त्यमा एकदिवसीय विश्वकप आयोजना गर्ने छ । भारत २०११ पछि उपाधि जित्ने लक्ष्यमा छन् ।





























प्रतिक्रिया