प्रधानमन्त्री कप महिला टी–२० मा प्रदेश १ को विजयी सुरुआत

प्रधानमन्त्री कप महिला टी–२० मा प्रदेश १ को विजयी सुरुआत

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश १ ले विजयी सुरुआत गरेको छ ।

उद्घाटन खेलमा मधेस प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश एकले विजयी सुरुवात गरेको हो । सुनसरीको इटहरीमा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले १९ ओभर २ बलमा अलआउट हुँदै ४९ रन बनाएको थियो । मधेसले दिएको ५० रनको झिनो लक्ष्य प्रदेश १ ले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो । प्रदेश १ को जितमा काजल श्रेष्ठ र रुविना क्षेत्रीले जीतको बलियो आधार तयार पारेका थिए । काजलले ४२ बलमा ४ चौकाको मद्दतले २४ रन बनाएर रन आउट भइन् । यसैगरी, रुविनाले २७ बलमा २ चौकाको मद्दतले २१ रनको नटआउट पारि खेलिन् ।

पहिला ब्याटिङ गरेको मधेश प्रदेशले १९.२ ओभरमा सवै विकेट गुमाएर ४९ रन बनायो । मधेशलाई सस्तैमा रोक्न सबनम राईले ४ विकेट लिँदा रुविना  क्षेत्री र निशा शाहले दुई दुइ विकेट लिइन् । यसैगरी, ज्योती दनवार र एलिसा खडियाले एक–एक विकेट लिए । मधेशका लागि सन्तोषी चौधरीले सर्वाधिक १२ रन बनाउँदा अरुले दोहोरो अंकमा रन बनाएनन् भने ५ खेलाडीले खाता पनि खोल्न असफल रहे ।

नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा सुरु भएको लिगकम नकआउट प्रतियोगिता माघ ७ सम्म चल्नेछ । आजै दिउँसो १ बजे सुदूरपश्चिम र बागमती प्रदेश आमने सामने हुने छन् । प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लव गरी ८ टिम सहभागी छन् । सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ क्लव, सुदूरपश्चिम, वागमती र गण्डकी प्रदेश छन् । प्रदेश १, कर्णाली, लुम्बिनी र मधेस प्रदेश समूह बी’ मा रहेका छन् ।

विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई ३० हजार, उत्कृष्ट ब्याटर र बलरलाई समान २० हजार रुपैयाँ प्रदान गरिनेछ । प्लेयर अफ द म्याचले नगद ३ हजार पाउनेछन् । 

Logo