प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज पनि दुई वटा खेल हुँदैछन् ।
नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा सुनसरीको इटहरीमा भइरहेको प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा बिहान ९ बजे कर्णाली प्रदेश र प्रदेश नम्बर १ बिच प्रतिस्पर्धा हुने छ । समूह ‘बी’ का दुई खेलमा दुवै खेल जितेको प्रदेश १ शीर्ष स्थानमा रहेको छ भने दुई खेलमा दुवै खेल हारेको कर्णाली समूह ‘बी’ को अन्तिममा रहेको छ ।
यस्तै, दोस्रो खेलमा दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ । दुई खेलमा दुवै खेल जितेको सुदूरपश्चिम समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ । दुई खेलमा दुवै खेल जितेको एपीएफ क्लब नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय गरी आठ टोलीले खेल्दैछन् । विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।





























प्रतिक्रिया