बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति तेस्रो श्रेणीको एडी सेउटालाई ५–० गोल अन्तरले हराउँदै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाको जितमा रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । खेलमा बार्सिलोनाले सुरुआती अग्रता राफिन्हाको गोलबाट ४१ औं मिनेटमा लिएको थियो । ५० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
अन्सु फातीले ७० औं मिनेटमा गोल गर्दै टिमको अग्रता तेब्बर बनाए । खेलको ७७ औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता ४–० को बनाए । त्यसपछि खेलको ९० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ५–० को सहज जित दिलाए ।





























प्रतिक्रिया