काराबाओ कपमा न्युकासल विजयी

काराबाओ कपमा न्युकासल विजयी


काराबाओ कप फुटबलको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा न्युकासल युनाईटेडले जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा न्युकासलले साउथ ह्याम्पटनलाई १–० गोल अन्तरले हराएको हो । न्युकासलको जितमा जोइलिन्टनले निर्णायक गोल गरे । खेलको ७३ औं मिनेटमा जोइलिन्टनले गोल गरेका हुन् । यस्तै, खेलको ८६ औं मिनेटमा डी कालेटा कारले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै न्युकासलले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।

Logo