पाकिस्तानका कप्तान बाबरले जिते आइसिसीको सर्वोत्कृष्ट अवार्ड

पाकिस्तानका कप्तान बाबरले जिते आइसिसीको सर्वोत्कृष्ट अवार्ड

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानका कप्तान बाबर आजमले आइसिसी क्रिकेटर अफ द इयरको अवार्ड जितेका छन् । बिहीबार आइसिसीले बाबरलाई वर्षमा प्रदान गर्ने सर्वाधिक ठूलो मानिने सो अवार्ड प्रदान गरेको हो । 

ओडिआई टिम अफ दी इयरको टोलीको कप्तानसमेत चुनिएका बाबरले इंग्ल्यान्डका बेन स्टोक्स, जिम्बावेका सिकन्दर राजा र न्युजिल्यान्डका टिम साउथीलाई पछि पार्दै  अवार्ड हात पारेका हुन् । उनले २०२२ को अन्तर्राष्ट्रिय क्रिकेटमा ४४ खेलमा २५ सय ९८ रन बनाएका थिए । 

साथै बाबरकै कप्तानीमा पाकिस्तानले २०२२ को एसियन कप र टि२० विश्वकप फाइनलको यात्रा तय गरेको थियो । तर, पाकिस्तान दुवै प्रतियोगिताको उपविजेतामै सिमित बन्यो । 

यस्तै, आइसिसीको स्पिरिट अफ क्रिकेट (उच्च खेल भावना) अवार्ड भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर आसिफ शेखले हात पारेका छन् । पुरुष टि२० आई क्रिकेटर अफ दी अवार्ड भारतीय क्रिकेटर सूर्यकुमार यादवले र टेस्ट क्रिकेटर अफ दी इयर अवार्ड इंग्ल्यान्डका बेन स्टोक्सले जिते । 

Logo