भारतविरुद्धको पहिलो टी–२० मा न्युजिल्यान्ड विजयी

भारतविरुद्धको पहिलो टी–२० मा न्युजिल्यान्ड विजयी

केन्द्रबिन्दु
0
Shares

भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ ।

शुक्रबार राति भएको खेलमा न्युजिल्यान्डले घरेलु टोली भारतलाई २१ रनले पराजित गरेको हो । जितसँगै न्युजिल्यान्डले तीन खेलको सिरिजमा एक शून्यको अग्रता बनाएको छ। जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनाउन सक्यो।

भारतका वासिन्टन सुन्दरले सर्वाधिक ५० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनको यो पहिलो टी–२० अर्धशतक हो । सूर्यकुमार यादव ४७ रनमा आउट भए । भारतका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्यान्डका माइकल ब्रेसवेल, मिचेल सान्टनारले समान २–२ विकेट लिए । लोकी फर्गुसन, जकोब डफी र इश सोधीले १–१ विकेट लिए ।

त्यसअघि राँचीमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । न्युजिल्यान्डका डर्याल मिचेलले अविजित ५९ रन बनाए । उनले २६ बलमा अर्धशतक पूरा गरेका थिए। डेभन कन्वे ५२ रनमा आउट भए । भारतका वासिन्टन सुन्दरले २ तथा अर्शदीप सिंह, शिवम माभी र कुलदीप यादवले १–१ विकेट लिए ।

यसअघि भएको ओडीआई सिरिजमा भारत विजयी भएको थियो । भारत र न्युजिल्यान्डबीचको दोस्रो खेल आइतवार लखनउमा हुनेछ । 

Logo