बक्सिङमा ऐतिहासिक रजत जितेकी सुष्मा नगदसहित सम्मानित

बक्सिङमा ऐतिहासिक रजत जितेकी सुष्मा नगदसहित सम्मानित


थाइल्याण्डमा सम्पन्न एएसबीसी एशियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङलाई आईतवार ओलम्पियन शिरिष गुरुङको फाउण्डेसनले नगदसहित सम्मान गरेको छ । 

फाउण्डेसनले आईतवार एक कार्यक्रमको आयोजना गरेर बक्सर सुष्मा तामाङलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । फाउण्डेसनका तर्फबाट कोषाध्यक्ष सपना गुरुङले सुस्मालाई चेक हस्तान्तरण गरिन् । 

एशियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगिता एएसबीसी एशियन यु–२२ अन्तर्गत महिला ४८ केजी तौल समूहमा नेपालकी बक्स सुष्माले रजत पदक जितेकी हुन् । सुष्मा गत बुधवार सम्पन्न फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा ५–० ले पराजित हुँदा रजत पदक हात लागेको थियो । एशियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलो पटक हो । 

नेपाललाई पदक दिलाउन सफल बक्सर सुष्माले राम्रो अभ्यास र अनुभवले पदक जित्न सफल भएको र प्राप्त पदकले आगामी दिनमा अझै राम्रो गर्न हौसला मिलेको बताइन् । 

प्रतियोगितामा नेपालबाट समान तीन महिला तथा पुरुष खोलाडीको सहभागिता थियो । यसैगरी महिलातर्फ नै ५७ केजी तौल समूहमा हेमा राई मंगोलियाकी बटुर जोल्जार्गल र ७५ केजी तौल समूहमा त्रिशा जवेगु काजकिस्तानकी एरजन गुल्सायसँग सेमिफाइनलमा पारजित हुँदै कास्य पदक जितेकी थिइन् । यस्तै पुरुषतर्फ ८६ केजी तौल समूहमा विजय बाटाले पनि सेमिमफाइनलमा इन्डोनेसियन मुक्केबाज मोसकिता माइकलसँग पराजित हुँदै कास्य पदक जितेका थिए । 

Logo