बक्सिङमा ऐतिहासिक रजत जितेकी सुष्मा नगदसहित सम्मानित

बक्सिङमा ऐतिहासिक रजत जितेकी सुष्मा नगदसहित सम्मानित

केन्द्रबिन्दु
0
Shares

थाइल्याण्डमा सम्पन्न एएसबीसी एशियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङलाई आईतवार ओलम्पियन शिरिष गुरुङको फाउण्डेसनले नगदसहित सम्मान गरेको छ । 

फाउण्डेसनले आईतवार एक कार्यक्रमको आयोजना गरेर बक्सर सुष्मा तामाङलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । फाउण्डेसनका तर्फबाट कोषाध्यक्ष सपना गुरुङले सुस्मालाई चेक हस्तान्तरण गरिन् । 

एशियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगिता एएसबीसी एशियन यु–२२ अन्तर्गत महिला ४८ केजी तौल समूहमा नेपालकी बक्स सुष्माले रजत पदक जितेकी हुन् । सुष्मा गत बुधवार सम्पन्न फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा ५–० ले पराजित हुँदा रजत पदक हात लागेको थियो । एशियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलो पटक हो । 

नेपाललाई पदक दिलाउन सफल बक्सर सुष्माले राम्रो अभ्यास र अनुभवले पदक जित्न सफल भएको र प्राप्त पदकले आगामी दिनमा अझै राम्रो गर्न हौसला मिलेको बताइन् । 

प्रतियोगितामा नेपालबाट समान तीन महिला तथा पुरुष खोलाडीको सहभागिता थियो । यसैगरी महिलातर्फ नै ५७ केजी तौल समूहमा हेमा राई मंगोलियाकी बटुर जोल्जार्गल र ७५ केजी तौल समूहमा त्रिशा जवेगु काजकिस्तानकी एरजन गुल्सायसँग सेमिफाइनलमा पारजित हुँदै कास्य पदक जितेकी थिइन् । यस्तै पुरुषतर्फ ८६ केजी तौल समूहमा विजय बाटाले पनि सेमिमफाइनलमा इन्डोनेसियन मुक्केबाज मोसकिता माइकलसँग पराजित हुँदै कास्य पदक जितेका थिए । 

Logo