अग्रता जोगाउन नसक्दा पीएसजी बराबरी रोकियो

अग्रता जोगाउन नसक्दा पीएसजी बराबरी रोकियो

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रिम्ससँग बराबरी खेल्दै अंक बाडेको छ ।

आइतबार राति भएको खेलमा पीएसजी रिम्ससँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पीएसजीले अंक बाड्न बाध्य भयो । खेलको ५१ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा मार्को भेराट्टीले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो ।

त्यसपछि खेलको इन्जुरी समयमा फोलारिन बालोगुनले गोल गर्दै रिम्सलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै पीएसजीले २० खेलमा ४८ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ । 
रिम्स २६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Logo