इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश

इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

इन्टर मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सान सिरोमा मंगलबार राति भएको खेलमा एट्लान्टालाई १–० गोल अन्तरले पराजित गर्दै इन्टरले अन्तिम चारको यात्रा तय गरेको हो । इन्टरको जितमा माटियो डार्मेनले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको इन्टरका लागि माटियोले खेलको ५७ औं मिनेटमा गोल गरे । जुन गोल इन्टरको जितमा निर्णायक बन्यो ।

इन्टरले अब सेमिफाइनलमा युभेन्टस र लासियोबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई बीचको क्वाटरफाइनल शुक्रबार हुनेछ। 

Logo