साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै

केन्द्रबिन्दु
0
Shares

बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप शुक्रबारबाट ढाकामा सुरु हुँदैछ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार सवा ७ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा भने भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको योजनामा हुनेछ । नेपालले प्रिती राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ ।

प्रतियोगितामा  नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै, अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

Logo