रन फर ओबेसिटी म्याराथन शनिवार

रन फर ओबेसिटी म्याराथन शनिवार

केन्द्रबिन्दु
0
Shares

एनआरएस स्पोर्ट्स फाउण्डेशनले फागुन शनिवार रन फर ओबेसिटी म्याराथन गर्ने भएको छ । संस्थाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । 

म्याराथन ५ किलोमिटरको हुनेछ । म्याराथनमा सहभागी हुनका लागि खल्ती एपबाट २ सय रुपैयाँ भुक्तानी गरी दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ । भुक्तानी गरेसँगै टिसर्ट सहितका सामग्रीहरु प्रदान गर्ने पनि आयोजकले जनाएको छ । म्याराथन वसन्तपुरबाट शुरु भइ रत्नपार्क, नागपोखरी, दरबारमार्ग, न्युरोड हुँदै वसन्तपुरमै गएर टुंगिने छ । 

आयोजकले म्याराथनमा १ हजार जना सहभागी गराउने लक्ष्य लिएको छ । म्याराथन बिहान ६ः३० बजे शुरु भइ साढे ७ बजे समापन हुने आयोजकले जनाएको छ । 

Logo