पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा टोउलोउसेलाई २–१ गोल अन्तरले पराजति गरेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीका लागि लियोनल मेसीको निर्णायक गोल गरे । पिएसजीको जितमा आचर्फ़ हाकिमी र लियोनल मेस्सीले एक–एक गोल गरे । टुलोजका लागि ब्रान्को भान डेकोले एक गोल फर्काए । ब्रान्को भान डेकोले खेलको २० औ मिनेटमा गोल गर्दै टुलोजलाई सुरूआती अग्रता दिलाएका थिए । तर खेलको ३८ औं मिनेटमा आचरफ हाकिमीको गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५८ औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । मेसीले २५ यार्डबाट गरेको उत्कृष्ट गोलनै निर्णयाक बन्दा पिएसजीले महत्वपूर्ण ३ अंक जोडेको छ । यो जितसँगै पीएसजीले अंक तालिकाको शीर्ष स्थानमा आठ अंकका अग्रता बनाएको छ । पीएसजीको २२ खेलबाट ५४ अंक भएको छ। दोस्रो स्थानमा रहेको मार्सेइलो २१ खेलबाट ४६ अंकसहित दोस्रो स्थानमा छ।





























प्रतिक्रिया