राजधानीमा जारी छैठौं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगितामा आज फाइनल खेल हुँदैछ ।
आज हुने फाइनलमा न्यु डायमण्ड र एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ । न्यु डायमण्डले अपराजित यात्रालाई तेस्रो खेलमा निरन्तरता दिँदै फाइनलमा स्थान सुरक्षित बनाएको हो भने एपिएफ समूहचरणमा दोस्रो हुँदै फाइनल पुगेको हो ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ पाउँदा उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् ।































प्रतिक्रिया