साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै

साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै

केन्द्रबिन्दु
0
Shares

साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ पौने ६ बजे सुरु हुनेछ। बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ। नेपालका मुख्य प्रशिक्षक यम गुरुङले फाइनलमा घरेलु टोलीलाई फाईदा हुने भएपनि कडा प्रतिस्पर्धा गर्ने बताए।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो भने बंगलादेश शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो। लिग चरणमा भएको खेलमा बंगलादेशले नेपाललाई ३–१ ले पराजित गरेको थियो।

Logo