पीएसजीसँग नयाँ सम्झौता गर्दै नेयमार

पीएसजीसँग नयाँ सम्झौता गर्दै नेयमार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

ब्राजिलियन फरवार्ड नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता नवीकरण गर्ने भएका छन् । नेयमारले पीएसजीसँग थप चार वर्ष क्लबमा रहने गरी सम्झौता नवीकरण गर्ने भएका हुन् ।

गोल डटकमका अनुसार नेयमार र पीएसजीबीच नवीकरणको औपचारिक सम्झौता मात्र बाँकी रहेको छ । सम्झौता अनुसार नेयमार सन् २०२६ सम्म पीएसजीमा रहनेछन् ।

पछिल्लो समय अर्जेन्टिनाका लियोनल मेस्सी पीएसजी जाने चर्चा चलिरहेको समय नेयमारले पीएसजीसँगको सम्झौता थप गर्न लागेका हुन् । नेयमार र मेस्सी बार्सिलोनाका टिम मेट हुन् । बार्सिलोनासँग मेस्सीको सम्झौता सिजनको अन्तिममा सकिँदैछ ।

२८ वर्षीय फरवार्ड नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पीएसजी आएका थिए । चार वर्ष बार्सिलोनामा रहँदा नेयमारले २ ला लिगा र एक च्याम्पियन्स लिग जितेका थिए । पछिल्लो समय नेयमारले आफू पेरिसमा खुशी रहेको बताउँदै आएका छन् ।

उनले एक अन्तर्वार्तामा भनेका छन्, “परिस्थिति धेरै बदलिएको छ । अहिले मलाई राम्रो लागिरहेको छ । म पीएसजीमा बस्न चाहन्छु ।

 

Logo