रोनाल्डोको ४ गोलमा अल नासरको सहज जित

रोनाल्डोको ४ गोलमा अल नासरको सहज जित

केन्द्रबिन्दु
0
Shares

साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नासरले सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा नासरले अल वेह्दालाई ४–० गोल अन्तरले हराएको हो । अल नासरका लागि रोनाल्डो एक्लैले ४ गोल गरे । रोनाल्डोले २१ अ‍ौं मिनेटमा सुरुवाती अग्रता दिलाउँदै ४० अ‍ौं मिनेटमा दोस्रो गोल गरे । खेलको ५३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गर्दा नासरको अग्रता ३–० को बन्यो । त्यसपछि खेलको ६१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौंथो गोल गर्दै नासरलाई सहज जित दिलाए ।

रोनाल्डोले ५ सय लिग गोल समेत पूरा गरेका छन् । जितसँगै अल नासर शीर्ष स्थानमा उक्लिएको छ । अल नसारले १६ खेलमा ३७ अंक जोडेको छ ।  त्यस्तै दोस्रो स्थानमा रहेको अद शबाबको १७ खेलमा ३७ अंक नै छ । वेह्दा १५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Logo