प्रधानसेनापति खुला दौड प्रतियोगिता सुरु, प्रथम हुनेलाई तीनलाख

प्रधानसेनापति खुला दौड प्रतियोगिता सुरु, प्रथम हुनेलाई तीनलाख

केन्द्रबिन्दु
0
Shares

सेना दिवसका अवसरमा नेपाली सेनाद्धारा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता आज सुरु भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका छन् ।सो खेल २०७२ साल देखि स्थापना दिवसका अवसरमा आयोजना गरिदै आएको छ । प्रतियोगिता अन्तर्गत ४२ किमी दूरीको म्याराथन जङ्गी अड्डाबाट सुरु भई त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, भक्तपुर,  पेप्सीकोला,  गौशला, चाबहिल, महाराजगञ्ज, पानीपोखरी, नागपोखरी, भद्रकाली हुँदै सैनिक मुख्यालय पुगेर समापन हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने छ । प्रतियोगितामा तीन सय धावक सहभागी छन् । 

Logo