एर्भटनमाथि लिभरपुलको जित

एर्भटनमाथि लिभरपुलको जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगमा एभर्टनलाई २–० अन्तरले पराजित गर्दै लिभरपुलले जित दर्ता गरेको छ ।

एनफिल्डमा सोमबार राति भएको खेलमा मोहम्मद सलाह र कोडी गाक्पोको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेका हुन् । लिभरपुलले सुरुवातदेखि नै दवाव सिर्जना गरेपनि गोलको लागि ३६औं मिनेट इजिप्टिन स्टार सलाहले गोल गर्दै लिभरपुलाई १–० को अग्रता दिलाए । उनले डार्विन नुनेजको पासमा गोल गर्न सफल भएका थिए ।

यस्तै, ४९औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नोल्डको क्रसलाई गाक्पोले सदुपयोग गर्दैै अर्को गोल थपेर क्लबलाई २–० को अग्रता दिलाए । लिभरपुलमा गाक्पोको यो पहिलो गोल हो, लिभरपुलका लागि सातौं खेलमा उनले पहिलो गोल गरेका हुन् । कतार विश्वकप २०२२ मा उच्च प्रदर्शन गरेपछि गाक्पो यसै मौसममा डच क्लब पिएसभी इन्डोभेनबाट लिभरपुल आएका थिए । यस जितसँगै लिभरपुल २१ खेलबाट ३२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन २२ खेलबाट १८ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।

Logo